काठमाडौं । लघुवित्त संस्थाबाट पीडितहरूले राष्ट्र बैंक घेराउ गरेका छन् । लघुविविरुद्धको संघर्ष समिति नेपालले विभिन्न माग राखेर शनिबार राष्ट्र बैंक घेराउ गरेको हो ।
सयौंको संख्यामा प्रदर्शनकारीहरुले माइतीघरदेखि बालुवाटरसम्म विरोध र्याली निकालेका थिए । उनीहरुले राष्ट्र बैंक परिसर छेउ भाटभटेनी चोकअगाडि प्रदर्शन गरेका हुन् ।
लघुवित्त पीडितहरुले ती संस्थाहरुबाट आफूहरु ठगिएको भन्दै केही दिनदेखि राजधानीमा प्रदर्शन गर्दै आएका छन् ।




















प्रतिक्रिया