Logo

अर्थ

मौद्रिक नीति : बचत तथा ऋण सहकारीलाई नियमन गर्न राष्ट्र बैंकले सहजिकरण गर्ने



काठमाडौँ । नेपाल राष्ट्र बैंकले बचत तथा ऋण सहकारीलाई विशिष्टिकृत नियामक निकाय स्थापना गर्न आवश्यक सहजीकरण गर्ने भएको छ । आइतबार सार्वजनिक गरेको मौद्रिक नीति २०८०।८१ मा बचत तथा ऋण सहकारीलाई विशिष्टिकृत नियामक निकाय स्थापना गर्न आवश्यक सहजीकरण गर्ने उल्लेख गरिएको हो ।

एकपछि अर्को सहकारी समस्याग्रस्त हुन थालेपछि सरकारले राष्ट्र बैंकलाई नियमनको जिम्मा दिन पटकपटक प्रयास जारी राखेको छ। राष्ट्र बैंकले जनशक्ति अभाव भएको भन्दै पन्छँदै आएको थियो। तर अब भने सहकारी संस्थाको प्रभावकारी नियमन तथा सुपरिवेक्षणका लागि छुट्टै विशिष्टिकृत नियामक निकाय स्थापनामा जोड दिने भएको छ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आईतवार १४:३४   :  बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।