Logo

अर्थ

प्रभु क्यापिटलले सञ्चालनमा ल्यायो लोयल्टी एन्ड रिफरल टिकटक कम्पिटिसन



काठमाडाैं । मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले आफ्नो सेवाग्राहीका लागि सेवासँगै लोयल्टी प्वइन्ट्स अफरका साथै रिफरल स्किम लन्च गरेको छ ।

यसै परिप्रेक्ष्यमा प्रभु क्यापिटलले ‘प्रभु क्यापिटल लोयल्टी एन्ड रिफरल टिकटक कम्पिटिसन सञ्चालनमा ल्याएको छ । यो योजना साउन मसान्तसम्म संचालन हुने भएको छ ।

यो प्रतियोगिताअन्तर्गत सहभागीहरुले प्रभु क्यापिटलको टिकटक अकाउन्टमा राखिएको जिङ्गलको ओरिजिनल साउन्डमा टिकटक बनाई ह्यासट्याग #prabhuloyaltyandreferal राखी पोस्ट गर्नुपर्ने हुन्छ । सबैभन्दा धेरै लाइक्सका आधारमा विजेता छनौट गरिने र विजेताले १० हजार जित्न सक्ने क्यापिटलले जनाएको छ ।

प्रभु क्यापिटलले नेपाली पूँजीबजारको क्षेत्रमा सदैव नयाँ नयाँ प्रविधिको विकास गरी नवप्रवर्तनमा जोड दिनेगरेको तथा ग्राहकहरुलाई दिने सेवामा सहजीकरण गर्दै आएको छ ।

यो अफर र स्किमका बारेमा थप जानकारीका लागि प्रभु क्यापिटलको फोन नम्बर ९८४००७६१०० मा समेत सम्पर्क गरी जानकारी लिन सकिनेछ ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आईतवार १६:२३   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।