काठमाडाैं । नेपाली बजारमा आज लगातार तेस्रो दिन पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी महासंघले जनाएकाे छ । योसँगै छापावाला सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ। हिजो ५०० रुपैयाँले घटेको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार ४६० रुपैयाँ कायम भएको छ । हिजो चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको थियो ।




















प्रतिक्रिया