Logo

अर्थ

नेप्सेमा दोहोरो अंकको गिरावट



काठमाडौं । सोमबार पनि सेयर बजारमा दोहोरो अंककाे गिरावट देखिएको छ । आज नेप्से परिसूचक २६.६६ अंकले घटेर २२००.५० को विन्दुमा ओर्लेको छ ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ६.१४ अंकले घटेर ४१८.७८ को विन्दुमा झरेको छ । ४ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ ।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये २ वटामा मात्रै हरियाली छाएको छ भने अन्य १२ वटामा रातो पोतिएको छ । आज नेप्सेमा सूचीकृतमध्ये २६५ कम्पनीका २० लाख ९७ हजार ९८८७ कित्ता सेयरकाे ४ अर्ब ७३ करोड ७६ लाख ८ हजार ८१० रुपैयाँमा कारोबार भएका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार १५:३६   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।