Logo

प्रमुख समाचार

हामी फुटबल हारेको टिम जस्तो भयौं, यसको कारण खोज्नुपर्छ : कांग्रेस महामन्त्री थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका नेता कार्यर्तामा निराशा छाएकोले यसको कारण पार्टीले खोज्नुपर्ने बताएका छन् । पार्टी सकियो, भारतको कांग्रेसकै हालत हुने भयो भनेर आफूलाई कार्यकर्ताहरुले चिन्ता व्यक्त गर्ने गरेको सुनाउँदै महामन्त्री थापाले यसको कारण खोजेर उनीहरुमा उत्साह जगाउनुपर्ने बताए ।

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा उनले भने, ‘पार्टीदेखि कोही खुसी छैनन् । बाहिरका साथीहरु भेट्दा मलाई के भन्छन् भने अब पार्टी सकियो । अब हामी भारतको कांग्रेसजस्तै बन्छ । हामी फुटबल हारेको टिम जस्तो भएका छौं । किन भयो यस्तो खोज्नुपर्छ ।’

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार १७:४२   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।