काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीका सबै पदाधिकारीहरुलाई दलित भान्से राख्न आग्रह गरेका छन् । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा उपसभापति गुरुङले पार्टी बदल्न पहिला आफ्नो कर्म र व्यवहार बदल्नुपर्ने बताए ।
‘कर्म र व्यवहार कहिल्यै नबदल्ने अनि कांग्रेस बदल्नुपछृ भनेर मात्र हुन्छ र ? कर्म र व्यवहार बदलेर कांग्रेको सदस्य लिउँलिउँ बनाउँ न त’, उनले भने, ‘मन्त्री भएपछि एउटा भान्से राख्न पाइँदो रहेछ । मैले यो उदाहरणका रुपमा भन्दै छु । मैले आफ्नो भान्से सुनसरीका शंकर परियारलाई राखेको छु । यसैगरी कांग्रेस सभापति, उपसभापति, महान्त्रीलगायत सबै पदाधिकारीको किचनमा दलितलाई भान्से राखौं त । सबै दलितहरु कांग्रेस बन्न थाल्छन् नि । यसरी व्यवहारबाट देखाउन सक्नुपर्छ ।’




















प्रतिक्रिया