Logo

प्रमुख समाचार

सुशासन र भ्रष्टाचार नियन्त्रणबारे यस्ताे छ गगन थापाको १३ बुँदे प्रस्ताव (पूर्णपाठसहित)



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सुशान र भ्रष्टाचार नियन्त्रका सन्दर्भमा १३ बुँदे प्रस्ताव अघि सारेका छन् । गत एक हप्तादेखि जारी पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा थापाले उक्त प्रस्ताव लिखित रुपमा दर्ज गरेका हुन् ।

महामन्त्री थापाले प्रस्तावमा भ्रष्टाचारमा दोषी पाइए जस्तोसुकै शक्तिशाली र प्रधावशालीले पनि उन्मुक्ति पाउन नहुनेमा जोड दिएका छन् । तर कुनै व्यतिलाई अभियोग लाग्दैमा नागररक तहबाट सार्वजनिक संचार माध्यम तथा सामाजिक संजाल दुरुपयोग गरी अपराधि करार गर्ने प्रवृत्तिले निश्पक्ष अनुसन्धानमा सहयोग नपुग्ने हुँदा यसमा सबैले ध्यान दिनुपर्ने उनको सुझाव छ ।

थापाले राजनीतिक दलको कुनै पनि पदमा रहेका पदाधिकारीको आचरणका विभिन्न पाटा मध्ये फौजदारी अभियोग गम्भीर र संवेदनशील विषय भएको उल्लेख गर्दै त्यस्तो आरोप लागेका पदाधिकारीलाई राजनीतिकरुपमा संरक्षण गर्न नहुने उल्लेख गरेका छन ।

थापाले अभियोग लागेका नेताले अनुसन्धानको दायरामा आएपछि पदीय भूमिकाबाट राजीनामा दिनुपर्ने र पक्राउ परिसकेपछि त्यसको भारी पार्टीले बोक्न नहुने उल्लेख गरेका छन् । उनले अभियोग लागेको व्यक्तिले आफूलाई पार्टीबाट अलग नराखे जिम्मेवारीबाट अलग राख्नुपर्ने मत राखेका छन् ।

पूर्णपाठः–

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार १९:४५   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।