Logo

मनोरञ्जन

मित्र केसीको शब्द रहेको ‘माइत जाने हो’ तीजको गीत सार्वजनिक (भिडियो)



काठमाडौं । मित्र केसीको शब्द, रचना रहेको तीजको गीत ‘माइत जाने हो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा प्रताप दास र रीज्योना कार्कीको स्वर रहेको रहेको छ ।

म्युजिक भिडियोमा विजय गुरुङ, सुबोध श्रेष्ठ, बिना राउत रआभा थापाको अभिनय रहेको छ । गीतमा संगीत संयोजन बिशानु तामाङको रहेको छ । प्रकाश थापाको सिनेग्राफि रहेको गीतको निर्देशन विजय गुरुङले गरेका छन् ।

नेपाली नारीहरुको पर्व तीजलाई गीतमार्फत प्रस्तुत गरिएको छ । भिडियोलाई मिलन विश्वक्रमले सम्पादन, कलर गरेका हुन् । गीत ‘माइत जाने हो’ रीज्योना कार्कीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलवार १७:०५   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।