Logo

राजनीति

पत्रकारमाथि कुटपिट गर्ने जिल्ला संयोजकलाई रास्वपाले गर्‍यो निलम्बन



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बझाङका पार्टी संयोजक नगेन्द्र खड्कालाई निलम्बन गरेको छ । जिल्लाका एक सञ्चारकर्मीलाई हातपात गरेको आरोप लागेपछि अनुशासन समितिको सिफारिसमा महामन्त्री डा. मुकुल ढकालले खड्कालाई निलम्बन गरेका हुन् ।

बझाङको सामुदायिक रेडियो खप्तड आवाजमा कार्यरत पत्रकार मण्डललाई सोमबार घरबाटै अपहरण गराएर होटलमा लगी कुटपिट गरेको आरोप खड्कामाथि लगाइएको छ ।

यस विषयमा नेपाल पत्रकार महासंघ बझाङ शाखाले विज्ञप्ति जारी गर्दै कारबाहीको माग गरेको थियो । खड्का दोषी देखिएपछि आजै बसेको अनुशासन समितिको बैठकले पार्टीलाई निलम्बन सिफारिस गरेको हो । महामन्त्री ढकालले घटनाको थप छानबिन गरिने बताएका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलवार २०:०९   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।