काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करीमा सरकारको संरक्षण रहेको आरोप लगाएको छ ।
बुधबार बसेको संसद बैठकमा आकस्मिक समय लिएर बोलेका एमाले प्रमुख सचेतक पदम गिरीले भन्सारबाट पास भएको १०० किलो सुन राजश्व अनुसन्धान विभागले ३ साउनमा बरामद गरेको उल्लेख गरे ।
एमाले प्रमुख सचेतक गिरीले एक क्वीन्टल बढी सुन तस्करीमा प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको संरक्षण रहेको भन्दै उच्चस्तरीय छानबिन समिति बनाउन माग गरे । उच्चस्तरीय छानबिन समिति नबनाएर एमालेले संसद् चल्न नदिने गिरीले बताए ।
१० दिनअधि राजस्वका महानिर्देशकलाई तस्करीको सुन आउँदै गरेको सूचना आएको बताउँदै प्रमुख सचेतक गिरीले भने–‘राजस्वका डिजीलाई १० दिनअघि नै सूचना आउँछ भने प्रधानमन्त्रीलाई त्यो सूचना आयो कि आएन ? गृहमन्त्रीलाई त्यो सूचना थियो कि थिएन ? अर्थमन्त्रीलाई जानकारी थियो थिएन ? अवश्य थियो सभामुख महोदय । अर्थ र गृह मन्त्रालयका कर्मचारीको मात्र सेटिङले यत्रो क्विन्टलका क्विन्टल यसरी सुन तस्करी भएको छैन ।’
उनले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बताउन माग गरे ।




















प्रतिक्रिया