Logo

राजनीति

नीति अधिवेशन नगर्ने कांग्रेसको निर्णय, मंसिरमा महासमिति बैठक



काठमाडौं । नेपाली कांग्रेसले नीति अधिवेशन नगर्ने भएको छ । त्यसको साटो महासमिति बैठक गर्ने निर्णय केन्द्रीय कार्यसमिति बैठकले गरेको छ ।

पार्टी कार्यालय, सानेपामा एक हप्ता बसेको केन्द्रीय समिति बैठकले नीति अधिवेशनमार्फत गर्ने भनिएको काम गर्ने गरी मंसिर ११, १२ र १३ महासमिति बैठक गर्ने निर्णय गरेको हो ।

मंसिर २०७८ मा भएको कांग्रेसको १४ औं महाधिवेशनले नीति अधिवेशन गर्ने निर्णय गरेको थियो, तर विधानमा नीति अधिवेशनसम्बन्धी व्यवस्था छैन ।

महासमिति बैठक गर्न समेत ढिला भइसकेकाले नीति अधिवेशनमार्फत गर्ने भनिएको काम गर्ने गरी महासमिति बैठक गर्ने बोलाइएको हो ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार १९:२८   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।