Logo

खेलकुद

एसियन गेम्स महिला भलिबलमा नेपालले कोरिया र भियतनामसँग खेल्ने



काठमाडौं । चीनको हान्झाउमा आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने १९औं एसियन गेम्सको भलिबलको समूह विभाजन सार्वजनिक भएको छ ।

बिहीबार भएको ड्र अनुसार महिलातर्फ नेपाल समूह सी मा परेको छ । यस समूहमा नेपालले दक्षिण कोरिया र भियतनामसँग खेल्नेछ ।

दुवै एसियाका बलिया राष्ट्र हुन् । विश्व वरियतामा कोरिया ३५औं र भियतनाम ४७औं स्थानमा छन् । नेपालको महिला भलिबल टोलीले पहिलो पटक एसियन गेम्स खेल्न लागेको हो ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार १६:३५   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।