Logo

अर्थ

अर्थ मन्त्रालयले लघुवित्त पीडितसँग वार्ता गर्ने,बनायो वार्ता समिति



काठमाडौं । विगत ८ दिनदेखि सडक आन्दोलनमा रहेका लघुवित्त पीडितसँग अर्थ मन्त्रालयले  वार्ता गर्ने भएको छ ।  मन्त्रालयले आज ‘लघुवित्त पीडित समिति’सँग वार्ता गर्न समिति गठन गरेको हो ।

अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख सहसचिव भुपाल बरालको संयोजकत्वमा वार्ता समिति गठन गरिएको हो । अर्थ मन्त्रीस्तरको निर्णयबाट गठन भएको वार्ता समितिमा गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा नेपाल राष्ट्र बैंकका प्रतिनिधि पनि सदस्य रहनेछन् ।

सो समितिलाई लघुवित्त पीडित समितिसँग वार्ता तथा छलफल गरी समाधानको सिफारिस गर्ने कार्यादेश दिएको बताइएको छ ।

 

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार १७:३१   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।