Logo

अर्थ

तोलामा ९ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य ओरालो लागेको छ ।

अनुसार आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै छापावाला सुन प्रतितोला १ लाख १२ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ५० रुपैयाँ कायम भएको छ ।

हिजो सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख १३ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेर १ हजार ४५० रुपैयाँ कायम भएको छ। हिजो तोलामा २५ रुपैयाँले बढेर १ हजार ४९० रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार १२:०९   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।