Logo

मनोरञ्जन

अभिनेता जीवन गिरी र मोडल सकि इटानीको अभिनयमा ‘जीवन साथी’ सार्वजनिक



काठमाडाैं । अभिनेता जीवन गिरी र मोडल सकि इटानीले जीवनभर वरपिपल झैसँगै बाच्ने बाँचा गरेका छन् । दुबैले रिल जीवन अर्थात ‘जीवन साथी’ बोलको गीतको भिडियो अभिनयमा उक्त बाँचा गरेका हुन ।

रोमान्टिक शैलीको गीतमा जीवन र सकि रोमान्टिक प्रेम जोडीको रुपमा प्रस्तुत भएका छन् । जसमा दुबैको केमेष्ट्रि सुहाउँदो छ । हिमाल सागर र अनु चौधरीको स्वर रहेको गीतमा शब्द तथा संगीत टिका बम्जनको छ, भने एरेन्ज सहस शाक्यले गरेका हुन् ।

नवराज उप्रेतीको छायांकन, मनोज कार्कीको सम्पादन रहेको गीतको भिडियो मौसम हिमालले निर्देशन गरेका हुन् । अभिनेता जीवनले ‘एउटा साथी’ लगायत केही फिल्म अभिनय गरेका छन् । फिल्मको अलवा जीवन म्युजिक भिडियोमा पनि बाक्लै देखिने गरेका छन् ।

 

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार १३:५९   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।