एजेन्सी । फिफा महिला विश्वकप फुटबलमा अर्जेन्टिना र दक्षिण अफ्रिकाले बराबरी खेलेका छन् ।
समूह ईमा रहेका अर्जेन्टिना र दक्षिण अफ्रिकाले २–२ गोलेको बराबरी खेल्दै एक एक अंक लिएका हुन् । यो समूहमा इटाली र स्वीडेनले पहिलो आफ्नो खेल जित्दै ३–३ अंक लिएका छन् । आज दिउँसो यी दुई बिच प्रतिस्पर्धा हुने छ ।
आजको खेलमा इटाली र स्वीडेनको विजेताले अन्तिम १६ मा स्थान पक्का गर्दा बराबरी खेल्दा दुवै टिम अन्तिम १६ नजिक पुग्ने छन् । आजको खेलमा दक्षिण अफ्रिकाले २ गोलको अग्रता जोगाउन असफल भएको हो ।
लिन्डा मोथालोले ३० औं मिनेटमा गोल गर्दै दक्षिण अफ्रिकालाई अग्रता दिलाएकी थिइन् । ६६ औं मिनेटमा थेम्बी कगटेलनाले अग्रता दोब्बर बनाइन् । २ गोलले पछि परेको अर्जेन्टिनाले ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल बराबरीमा ल्याएको थियो ।
सोफिया ब्रुनले ७४ औं मिनेटमा अर्जेन्टिनाका लागि गोल फर्काउँदै खेल २–१ मा झारेकी थिइन् भने ७९ औं मिनेटमा रोमिना नुनेजले गोल गरेपछि अर्जेन्टिनाले २–२ को बराबरी गरेको हो । अन्तिम खेलमा अर्जेन्टिनाले स्वीडेनसँग खेल्दा दक्षिण अफ्रिकाले इटालीको सामना गर्ने छ ।




















प्रतिक्रिया