काठमाडौं– मिटरब्याजी सुर्जमान मालीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई ललितपुरको थेचोबाट पक्राउ गरिएको प्रहरी जानकारी दियो।
पाँच लाख रुपैयाँ ऋण तिर्न नसक्दा ऋणीको घरजग्गा कब्जा गरेकाे, पीडित महिलालाई पटक–पटक बलात्कार गरेको आरोप माली माथी लागेको छ। उनले पाँच लाख ऋणमा करिब ८० लाखको घरजग्गा कब्जा गरेको आरोप छ।
मिटरब्याजी सुर्जमान मालीसँग सपनाले २०७६ मा ५ लाख रुपैयाँ ऋण लिएकी थिइन्। उनले २ लाख रुपैयाँ तिरेकी पनि थिइन्। तर सूर्जमानले भने ५ लाख ऋणलाई ६५ लाख ऋण लिएको भनेर नक्कली तमसुक बनाएर ती महिलाको घरजग्गा नै हत्याएको आराेप छ।
एकल महिला रहेकी ऋणीमाथि मालीसहितले सामूहिक बलात्कारसमेत गरेकाे आराेपमा प्रहरीले अनुसन्धान थालेकाे छ। अहिलेसम्म पीडित भनिएकी महिलाको जाहेरी भने परेको छैन। प्रहरी जाहेरी कुरेर बसेको छ। शुक्रबार मात्रै ती महिलाले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर घटनाबारे जानकारी गराएकी थिइन्। त्यसपछि गृहमन्त्रीले मालीलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएका थिए।




















प्रतिक्रिया