Logo

प्रमुख समाचार

क्विन्टल सुन तस्करी प्रकरणबारे ओली– ‘यो सेटिङबिना सम्भव छैन, सरकारले जिम्मेवारी लिनुपर्छ’



रुपन्देही । नेकपा एमालेका अध्यक्ष केपी शर्मा क्विन्टल सुन तस्करी प्रकरणमा सरकारकै खास मान्छेको मिलेमतोको आशंका गरेका छन् । उनले सरकारले नैतिक जिम्मेवारी नलिएसम्म आफूहरूले यो विषयलाई सेलाउन नदिने पनि बताएका छन् ।

बाँकेको नेपालगञ्जमा शनिबारदेखि सुरु भएको लुम्बिनी प्रदेशका सबै तहका जनप्रतिनिधिहरूको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘सरकारको विशेष जिम्मेवारीमा रहेका व्यक्तिको योजनाबिना यति ठूलो परिणाममा सुन भित्रन सक्दैन, एक दुई वस्तु लिएर आउँदा पटक पटक चेक हुने ठाउँमा कसरी फुत्त आयो, यो सेटिङबिना सम्भव छैन, सरकारले सुनकाण्डमा नैतिक जिम्मेवारी लिनुपर्छ ।’

अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सय किलो सुनबिना सुइँको छिर्नु चानचुने कुरा नभएको उनको भनाइ थियो । एयरपोर्टजस्तो ठाउँमा सुन तस्कर हुनु शंकास्पद रहेको भन्दै अध्यक्ष ओलीले सरकारको संलग्नता नहुँदासम्म एयरपोर्ट जस्तो संवेदनशील क्षेत्रमा सय किलो सुन निकासा हुनु राज्यको संलग्नता देखिएको जिकिर गरे ।

ओलीले यो घटनाले वर्तमान सरकार भ्रष्टाचार लुकाउने प्रयास गरिरहेको र सरकार सुशासनको पक्षमा नरहेको प्रष्ट हुने एमाले अध्यक्ष ओलीले बताए । अहिलेको सरकार राष्ट्रप्रतिको जिम्मेवारी बोध नभएको हुनाले जनता खुशी नभएको भन्दै उनले जनतामुखी र जनताले चाहेको सरकार नै एमाले सरकार भएको जिकिर गरे ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार १७:२२   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।