काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले खेल संघहरुको वर्गीकरण गर्ने भएकाे छ । राखेपका सदस्य सचिव टंकलाल घिसिङले नयाँ आर्थिक वर्षको त्रैमासिक समयभित्र खेलहरुको वर्गीकरण सक्ने गरि काम अघि बढेको बताए ।
नेपालमा मोटर स्पोर्टसको क्षेत्रमा काम गर्ने संस्था नासा नेपालको चुनावी साधारण सभालाई सम्बोधन गर्दै सदस्य सचिव घिसिङले यसबारे जानकारी गराएका हुन् । ‘दुई सय भन्दा धेरै संख्यामा रहेका खेल संघलाई दुई अंकमा झार्ने घोषणा गरेका थियौं । सोही अनुसार धेरै संघहरु निर्वाचन प्रक्रियामा रहेका छन् । अब पहिलो त्रैमासिक भित्र खेल संघहरुको समेत वर्गीकरण हुनेछ’, उनले भने ।
सदस्य सचिव घिसिङले खेलहरुको वर्गीकरण गरेर सोही अनुसार योजना र कार्यक्रम अघि बढाउने तयारीमा परिषद् रहेको बताए । नेपालमा पदाधिकारी बन्न र अवसर लिनमात्र राखेपमा खेल संघ दर्ता गर्ने र पदाधिकारी बनेर विदेश यात्रा र खेलकुदको अनुदान लिन मात्र धेरै खेल संघ अस्तित्वमा रहँदै आएका छन् ।




















प्रतिक्रिया