Logo

प्रमुख समाचार

अध्यक्ष नेपाल स्वदेश फर्किएलगतै किन स्थगित भयाे एकीकृत समाजवादीकाे निर्धारित सबै बैठक ?



काठमाडौं । नेकपा एकीकृत समाजवादीका निर्धारित सबै तहका बैठकहरु स्थगित भएका छन् । केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीलगायत सबै तहका बैठकहरू अनिश्चितकालका लागि स्थगित भएका हुन् ।

अध्यक्ष माधवकुमार नेपाल स्वदेश फर्किए लगत्तै पूर्व निर्धारित बैठकहरू स्थगन भएका हुन् । पार्टीको लागि दूरगामी महत्वका राजनीतिक र सांगठनिक विषयहरूमा छलफल गर्न तथा निर्णय लिन आयोजना गरिएको सचिवालयसहित सबै बैठक पर्याप्त तयारी हुन नसकेको चन्दै अर्को सूचना नभएसम्म स्थगित गरिएको उपमहासचिव गंगालाल तुलाधरले बताए ।

यसअघि एकीकृत समाजवादीले साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ मा पोलिटब्युरो र साउन २० र २१ गते केन्द्रीय कमिटी बैठकको मिति तय गरेको थियो ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार २०:११   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।