काठमाडौं । सुनसरीको धरान उपमहानरपालिकामा फैलिएको डंगु महामारीका कारण सिटामोल र टेस्ट किटसमेत अभाव भएको छ । ठूलो संकट निनिम्त नदिन स्वास्थ्य मन्त्रालयले औषधि र टेस्ट किटसहित स्वास्थ्यकर्मीको टोली खटाउने तयारी गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले जानकारी गराएका छन् ।
साथै मन्त्री राईले घरघरमा लामखुट्टे हुर्कनबाट रोक्नेबारे सचेत रहन पनि आग्रह गरेका छन् । धरानमा अहिले दिनमै सयौं विरामी अस्पताल भर्ना हुने गरेका छन् । हालसम्म धरानमा पाँच हजारभन्दा बढी सर्वसाधारणमा डेंगु संक्रमण पुष्टि भएको छ ।




















प्रतिक्रिया