काठमाडौं । अष्ट्रेलिया र न्युजिल्याण्डमा भइरहेको महिला विश्वकप फुटबलमा मोरक्कोले ऐतिहासिक जित हात पारेको छ ।
समूह एच अन्तर्गत आइतबार भएको खेलमा मोरक्कोले दक्षिण कोरियालाई १-० ले पराजित गरेको हो ।
खेलको एक मात्र गोल इबाटिस्म जराडीले छैटौं मिनेटमा हेडबाट गरिन् । फिफा वरीयताको ७२ औं स्थानमा रहेर पनि मोरेक्कोले बलियो दक्षिण कोरियालाई हराएको हो ।
दक्षिण कोरिया भने लगातार दोस्रो खेलमा पराजित रह्यो । समूहको अर्को खेलमा जर्मनीले कोलम्बियाविरुद्ध हार मात्र टार्ने हो भने दक्षिण कोरिया प्रतियोगिताबाट बाहिरिनेछ ।
यसै खेलबाट मोरक्कोकी नोहाला बेन्जेनाले नयाँ इतिहास पनि रचिन् । उनी हिजाब लगाएर महिला विश्वकप खेल्ने पहिलो खेलाडी बनिन् । फिफाले सन् २०१४ मा धार्मिक कारण देखाएर हिजाब लगाउने अनुमती दिएको थियो ।




















प्रतिक्रिया