Logo

प्रमुख समाचार

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानन्यायाधीश सिफारिस लगायतका विषयमा कुराकानी भइरहेको बुझिएको छ ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच आइतबार बिहान ९ बजे पनि छलफल भएको थियो । आज पनि त्यसैको निरन्तरता भएको अध्यक्ष ओलीका प्रेस सहयोगी रामशरण बजगाइँले जानकारी दिए ।

यसैबीच प्रधानमन्त्रीले मंगलबार संवैधानिक परिषद्को बैठक बोलाउने तयारी गरेका छन् । भोलि बस्ने परिषद्को बैठकमा नयाँ प्रधानन्यायाधीश सिफारिस गर्ने तयारी छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० मा सकिँदै छ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार १०:३७   :  बजे

225
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।