Logo

राजनीति

संसदीय समितिको विषयमा रास्वपाद्धारा प्रधानमन्त्रीको ध्यानाकर्षण



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले संसदीय समितिको सभापति चयनका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।

आज प्रधानमन्त्री निबास बालुवाटार पुगेर उनीहरुले लामो समयदेखि संसदीय समिति नेतृत्वविहीन रहेकाले समिति प्रभावकारी नभएको भन्दै प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका हुन् ।

समितिबाट नीति, नियम तर्जुमाको काम गर्नुपर्ने भन्दै उनीहरूले सभापति नहुँदा असहज भएको बताएका थिए । भेटका क्रममा प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका विषयमा समेत कुराकानी भएको प्रतिनिधिसभामा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार १२:०६   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।