Logo

अर्थ

दोहोरो अंकले घट्यो सेयर बजार



काठमाडौं । सेयर बजार मंगलबार दोहोरो अंकले ओरालो लागेको छ ।

आज नेप्से परिसूचक २८.५९ अंकले घटेर २,०७७.५८ बिन्दुमा झरेको छ । ठूला तथा बलिया कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ५.१३ अंकले ३९६.७२ बिन्दुमा झरेको छ ।

त्यसैगरी, नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १ वटा बढेको छ भने १२ वटा समूहमा रातो पोतिएको छ । आज नेप्सेमा सूचीकृतमध्ये २६२ कम्पनीका ६० लाख १५ हजार ६७ कित्ता सेयर १ अर्ब ९२ करोड ४४ लाख ३४ हजार ९०० रुपैयाँमा कारोबार भएका छन् ।

आज कारोबार भएका कम्पनीमध्ये १७ वटाको मात्र सेयरमूल्य बढेको छ भने १९६ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज अपर तामाकोशीको सर्वाधिक ८ करोड ७४ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

त्यसैगरी, शिवम सिमेन्ट, सोल्टी होटेल, हिमालयन लाइफ इन्स्योरेन्स, ज्योति विकास बैंक, नेपाल पुनर्बीमा कम्पनी, प्रोग्रेसिभ फाइनान्स, हिमालयन डिस्टिलरी, एनआईसी एसिया बैंक र एभरेस्ट बैंकको सर्वाधिक कारोबार भएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलवार १५:४९   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।