काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो पार्टी सदस्य संख्या ७ लाख ५२ हजार ९५६ रहेको दाबी गरेको छ ।
बुधबार पार्टीको केन्द्रीय समिति बैठकमा सांगठनिक प्रतिवेदन वाचन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सदस्य संख्या पनि सार्वजनिक गरेका हुन् ।
सबैभन्दा धेरै पार्टी सदस्य बागमतीमा रहेका अध्यक्ष दाहालले बताएका छन् । उनका अनुसार बागमतीमा १ लाख ४७ हजार ३५३,लुम्बिनीमा १ लाख १२ हजार ९१०, कोशीमा ९९ हजार ६०१, मधेशमा १ लाख १६ हजार ९७५, कर्णालीमा ८५ हजार ७७४, गण्डकीमा ६६ हजार ६८७ र सुदूरपश्चिममा ८० हजार ४८२ जना पार्टी सदस्य रहेका छन् ।
त्यस्तै सम्पर्क कमिटीहरुमा १९ हजार ३१२, काठमाडौं उपत्यकामा १८ हजार ३२५ र प्रवासमा ५ हजार ५३७ जना रहेको रहेका छन् ।




















प्रतिक्रिया