काठमाडाैं । आज सेयर बजारमा सामान्य अंकले उकालो लागेको छ । यसदिन सेयर बजार कारोबार मापक नेप्से परिसूचक ९.२५ अंकले बढेर २०८६.८४ को विन्दुमा पुगेको छ ।
त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १.५६ अंकले बढेर ३९८.२८ को विन्दुमा पुगेको छ ।
नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १० वटामा हरियाली छाएको छ भने ३ वटा समूहमा रातो पोतिएको छ । नेप्सेमा सूचीकृतमध्ये २६९ कम्पनीका ९३ लाख ६१ हजार ७८६ कित्ता सेयर कारोबार रकम एक अर्ब ८१ करोड २४ लाख ७३ हजार ८५६ रुपैयाँ बढीको भएको छ ।
त्यसैगरी, शिवम सिमेन्टको सर्वाधिक ११ करोड १९ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।




















प्रतिक्रिया