Logo

प्रमुख समाचार

नयाँ मुख्यमन्त्रीको छेउमा आफूलाई सिट नराखिदिएकाे भन्दै हिक्मत कार्कीद्वारा शपथ ग्रहण समाराेह बहिष्कार



काठमाडौं । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं एमाले कोशीका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथ ग्रहण कार्यक्रम बहिस्कार गरेका छन् । विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा बुधबार साँझ आयोजित शपथ ग्रहण समारोहमा आफ्ना लागि नयाँ मुख्यमन्त्रीको छेउमा सिट व्यवस्थापन नगरेको भन्दै उनले शपथ समारोह बहिष्कार गरेका हुन्।

शपथ ग्रहण समारोहमा निवर्तमान मुख्यमन्त्रीको सिट मुख्यमन्त्रीको नजिकै हुने गरेको तर अहिले त्यसो नभएको भन्दै कार्कीले आपत्ति जनाएका हुन् । कार्कीले आफू यसबीचमा कामचलाउ मुख्यमन्त्री रहेको दाबी गर्दै नयाँ मुख्यमन्त्रीको छेउमा सिट खोजेका थिए।

‘प्रदेश प्रमुखको कार्यालयले कामचलाउबारे सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआएको भन्दै कुनै निर्णय नगरेकोले निवर्तमान मुख्यमन्त्रीको सिट राखेको थिएन। प्रदेश प्रमुखले संविधानको सर्वोच्चता, प्रदेशमा विगतमा गरिएको अभ्यास र सर्वोच्चको फैसलालाई समेत लत्याएको कार्कीले बताएका छन्।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार १९:०३   :  बजे

111
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।