काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संसद् पनि चल्न नदिने भएको छ ।
एप्रतिनिधिसभाको बैठकमा साउन १० देखि अवरोध गर्दै आएको एमालेले राष्ट्रियसभाको बिहीबार दिउँसो १ बजे बोलाइएको बैठक पनि चल्न नदिने जनाएको छ ।
संसद् बैठक चल्न नदिने निर्णय भएको एमालेको राष्ट्रिय सभा संसदीय दलको नेता देवेन्द्र दाहालले जानकारी दिए ।
क्विन्टल सुन तस्करी प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समिति गठन नगरेकाले राष्ट्रियसभाको बैठक पनि चल्न नदिने उनको भनाइ छ । ‘राष्ट्रिय सभामा एमालेको तयारी बैठक चल्न नदिने हो । सुन तस्करीमा उच्चस्तरीय समिति बनाउ भनेर सरकारलाई भनेको हो,’ उनले भने, ‘उच्चस्तरीय समिति नबनुन्जेल संसद् चल्दैन । राष्ट्रिय सभा पनि चल्दैन ।’
अन्तर्राष्ट्रिय विमानस्थलबाट निकालिएको करिब एक क्विन्टल सुन साउन २ मा सिनामंगल सडकबाट बरामद गरिएको थियो । एमालेले भने उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरोध गर्दै आएको छ ।




















प्रतिक्रिया