Logo

अर्थ

बचत फिर्ता माग्दै काठमाडौंमा सहकारी पीडितले गरे प्रदर्शन



काठमाडौं । सहकारीमा पैसा बचत गरेका सर्वसाधारणले बिहीबार काठमाडौंंमा प्रदर्शन गरेका छन् ।

माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका उनीहरुले सहकारी संस्थाहरुमा आफूले बचत गरेको रकम फिर्ता पाउनुपर्ने माग गरेका छन् ।

बचतकर्ताको प्रदर्शनमा बिजुलीबजारमा प्रहरीले हस्तक्षेप गरेको थियो । बानेश्वर एभरेस्ट होटल अगाडि प्रहरीले सडकमा बार लगाएर निषेधित क्षेमा प्रदर्शन गर्न रोकेको छ । त्यस क्रममा प्रहरीसँग केहीबेर धकेलाधकेल पनि भएको थियो ।

सहकारी पीडितहरुले आफ्नो रकम ब्याजसहित फिर्ता गर्नुपर्ने तथा सहकारी पीडितलाई राज्षकोषबाट रकम फिर्ता गर्नुपर्ने लगायत माग राखेका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहीबार १६:१५   :  बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।