वीरगन्ज । अर्थमन्त्री डा. प्रकाशशरण महतले सबैले इमान्दार भएर काम गरे राजस्वले लक्ष्य भेट्ने बताएका छन् । बिहीबार सुख्खा बन्दरगाह वीरगन्ज र वीरगन्ज भन्सार कार्यालयको निरीक्षणका क्रममा डा. महतले यस्तो बताएका हुन् । ‘भन्सारमा हुने दुरुपयोगलाई कर्मचारीले गम्भीरतापूर्वक लिनुभयो, सबै इमान्दार बनियो भने हामी सजिलै लक्ष्यमा पुग्न सक्छौं’ मन्त्री डा. महतले भने ।
मन्त्री डा. महले आयत भएन, माग आएन भने भन्सार शुल्क नउठ्नु स्वभाविक भएको बताए । तर, बजारमा प्रशस्त माल बस्तु छ, तर राजश्व घटिरहेको छ भने त्यो अवस्थामा कर्मचारीमाथि प्रश्न उठ्ने
तपाईंहरुलाई प्रश्न गर्नेछन् । हामीले यथेष्ट काम गरेनौं, हामी जिम्मेवार भएनौं, हामीले आँखा चिम्ल्यौं अथवा हामीले सार्वजनिकभन्दा निजी फाइदालाई महत्व दिएऔं भने राजस्व कम उठ्छ ।’ मन्त्री डा. महतले बताए । ‘यहाँ हामी अनावश्यक झन्झट दिन्छौं, जायज कुरालाई पनि यो भएन भन्छौं, अरु खाले माग गरिराख्यौं भने यो झन्झट व्यहोर्नुभन्दा व्यवसायीले जोखिम मोलेरै भए पनि अर्को बाटो रोज्छौं’ मन्त्री डा. महतले भने, ‘त्यो अवस्थामा प्रहरी प्रशासनको भूमिका रहन्छ ।’
‘जायज कुरालाई नजायज बनाउने थालियो, सार्वजनिकभन्दा निजी फाइदालाई माथि राख्न थालियो भने निश्चित रुपमा व्यवसायीले अर्को बाटो रोज्छन्’ मन्त्री डा. महतले भने, ‘राजश्व संकलनमा भन्सार र सुरक्षा निकायको महत्वपूर्ण भूमिका हुन्छ । भन्सार नाकाभन्दा बाहिरबाट माल बस्तु आयात भयो भने त्यसलाई सुरक्षा निकायले हेर्नुपर्छ । प्रविधिलाई अपग्रेट गर्नुपर्छ ।’
मन्त्री डा. महतले भने, ‘म काम गर्न आएको हो, फाइदा उठाउन होइन । फाइदा मलाई सरकारले दिएको छ भन्ने कुरो मनन गर्नुभयो भने राजश्वले लक्ष्य भेट्ने छ । राजश्वको लक्ष्य के छ ? गत वर्ष कस्तो प्रगति भयो, के कारणले लक्ष्य प्राप्त गर्न सकिएन ? कार्यालयको योजना के छ ? यसको समाधान गर्ने बाटो के हुनसक्छ ? मन्त्रालयसँग के अपेक्षा छ ? भन्ने कुरामा सबै स्पष्ट रहेको मन्त्री डा. महतले प्रष्ट पारे ।




















प्रतिक्रिया