काठमाडौं । प्रधानन्यायाधीशमा वरिष्ठ न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस भएको छ । बिहीबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले श्रेष्ठको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
पर्सिबाट रिक्त हुने प्रधानन्यायाधीश पदको नियुक्तिका लागि वरिष्ठ न्यायाधीश श्रेष्ठलाई सिफारिस गरिएको बैठकपछि राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए । ‘आजको बैठकले पर्सिबाट रिक्त हुने प्रधानन्यायाधीशको पदको नियुक्तिका लागि वरिष्ठ न्यायाधीश विश्वम्भर श्रेष्ठलाई नियुक्तिका लागि सिफारिस गरिएको छ’, उनले भने ।
अध्यक्ष मितिल्सिनाका अनुसार बैठकले अन्य संवैधानिक निकायका सदस्यका लागि प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ । ‘महालेखापरीक्षक, निर्वाचन आयुक्त, प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्य र मुस्लिम आयोगको सदस्यका लागि इच्छुकहरुको आवदेन गर्नुपर्ने व्यवस्थाका लागि प्रक्रिया सुरु गर्ने निर्णय भएको छ’, उनले भने ।




















प्रतिक्रिया