Logo

प्रमुख समाचार

देउवासँग नजिकिएको छैन : शेखर कोइराला



नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवासँग नजिकिएकाे भन्ने कुरामा सत्यता नरहेकाे बताएका छन् ।

प्रेस युनियन काठमाडौं शाखाको पदस्थापना कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले देउवासँग भेट बाक्लो भएको, तर एजेन्डामा मतभेद कायमै रहेकाे बताए।

‘शेखर कोइराला सभापतिसँग मिल्यो भनेर आइरहेको छ । सभापतिले बोलाउनुभयो भने जाने कि नजाने ? मिल्ने भनेको एजेन्डामा हो । केमा मिल्यो ? मैले आजसम्म पनि बुझ्न सकेको छैन । पहिले शेरबहादुरजीले बोलाउनु हुन्नथ्यो त म जाने कसरी ? बोलाएपछि न जाने हो भेट्न, यो कुरा बुझिदिनुपर्‍यो,’ उनले भने ।

उनले केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगन थापाको प्रतिरक्षा नगरेको भन्नु पनि उचित नभएको जिकिर गरे । बैठकमा आफ्नो धारणा राख्न प्रत्येक सदस्य स्वतन्त्र हुने भएकाले समूहको भनाइ मात्र आएन भन्न नमिल्ने उनको तर्क थियो ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार ०९:१५   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।