काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।
कीर्तिपुरस्थित पुष्पलाल स्मृति प्रतिष्ठान चम्पादेवीमा जारी बैठकमा विभिन्न पार्टी कमिटीका बैठकको तयारी र एजेण्डाबारे छलफल हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
‘स्थायी कमिटी,पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको तयारी तथा समासामयिक राजनीतिक परिस्थितिको विश्लेषण, पार्टीको संगठनात्मक व्यवस्थापन लगायतका विषय छलफलका एजेण्डा छन्’,प्रचार विभाग प्रमुख खतिवडाले बताए ।




















प्रतिक्रिया