Logo

मनोरञ्जन

वरिष्ठ संगीतकार शम्भूजीत बासकोटाको शब्द संगीतमा ‘यो तीजमा नजाने माइती’ सार्वजनिक ( भिडियो )



काठमाडाैं । वरिष्ठ संगीतकार शम्भूजीत बासकोटाको रचना तथा संगीत निर्देशन र  गायिका मञ्जु थापाको स्वरमा रहेको तीज गीत ‘‘यो तीजमा नजाने माइती’ बिहीबार काठमाडौंमा एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ ।

चर्चित नायिकाहरु  शर्मिला मल्ल, दीपाश्री निरौला, रेजिना उप्रेती, निता ढुंगाना, मञ्जु थापा, कल्पना थापा, प्रमिला कार्की, गोमा केसी, शिला गजुरेल, मीना लामा राकेश खड्कालगायतको अभिनय रहेको गीतको भिडियोमा गम्भीर विष्टको निर्देशन र कोरियोग्राफी रहेकोे छ।

शम्भुजित बास्कोटासँग करिब आधा दशक चलचित्रमा काम गरेको अनुभवको कारण एकै पटकमा गीत कस्तो छ भन्ने पनि नसोधी फाइनल गरेको रेजिनाले सुनाइन । टिम राम्रो भएका कारण चलचित्रकै गीत गरेको जस्तो आफूलाई अनुभव भएको उनको भनाइ थियो ।

आफूले एउटा तीजमा एउटा मात्रै गीत गर्ने गरेको बताउँदै यो वर्ष पनि भिन्न गीत रोजेको शम्भुजितले बताए। उनले नजाने भन्दैमा या घरमा बस्दैमा तीजको परम्परा परिवर्तन नहुने भन्दै अर्को वर्ष जाने हरफले अगाडिको लाइनलाई न्याय गरेको सुनाए।

यस्तै शर्मिलाले आफूलाई नाच्न अल्छि लाग्ने भए पनि गम्भीरले नचाएको बताउँदै गम्भीरमा ढुंगालाई समेत नचाउने खुबी भएको भन्दै प्रशंसा गरिन । भिडियोलाई म्युजिक नेपालको युट्युब च्यानल र मोमो एप्सको साथै डिजिटल प्लेटफर्ममा पनि हेर्न र सुन्न सकिने छ  । सुप्रिम पराजुलीको सम्पादन एवं कलर रहेको गीतको भिडियोलाई दिनेश पराजुलीले छायांकन गरेका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार १८:५२   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।