Logo

मनोरञ्जन

क्यानडामा विपुल क्षेत्रीको पहिलो भव्य लाईभ कन्सर्ट हुँदै



टोरोन्टो । प्रसिद्ध गायक तथा संगितकार विपुल क्षेत्री र उनी नेतृत्वको प्रतिभाशाली ब्याण्डको उपस्थितिमा क्यानडामा पहिलो पटक मेड इन नेपाल फेयर आयोजना हुने छ । आरसीएनसीकाे आयाेजनामा कार्यक्रम आगामी सेप्टेम्बर ८ तारिख साँझ ८ बजे हुनेछ ।

विपुली क्षेत्री र उनको ब्याण्डको क्यानडामा यो पहिलो सांगितिक प्रस्तुति हुन लागेकाे हाे । उक्त कार्यक्रम सांगितिक प्रस्तुति मात्रै नभएर पवित्र उद्देश्य राखेर आयोजना गरिएको विशेष कार्यक्रम पनि रहेकाे आयाेजकले जनाएकाे छ । आयोजककाअनुसार अटिजम भएका बालबालिका र आर्थिक कठिनाईहरुको सामना गर्ने उनीहरुको परिवारलाई राहतस्वरुप आर्थिक सहयोग गर्नको लागि पनि यो कार्यक्रम महत्वपूर्ण र कोशेढुंगा सावित हुनेछ ।

आयोजकले उक्त कार्यक्रमबाट प्राप्त हुने सबै रकम ती अटिजम भएका बालबालिका र उनीहरुका परिवारका सदस्यहरुलाई प्रदान गरिनुको साथै ती बालबालिकाहरुको लागि आवश्यक सेन्सरी खेलौना र सिकाई सामाग्रीहरु पनि उपलब्ध गराउने विश्वास दिलाएको छ । पवित्र उद्देश्य राखेर आयोजना गरिने उक्त कार्यक्रममा सहभागी भएर ती बालबालिका र उनीहरुको परिवारको लागि आर्थिक सहयोगको लागि उदारता देखाउन पनि आयोजको अपिल छ ।

आयोजकले आजैदेखि उक्त सांगितिक कार्यक्रममा सहभागी हुनको लागि आफ्नो क्यालेन्डरमा कार्यक्रमको मिति सुरक्षित राख्न पनि भनेको छ । विपुल क्षेत्री नेपाली सांगितिक क्षेत्रका चम्किलो नक्षत्र हुन् । उनी युवा पुस्ताको ढुकढुकीको रुपमा प्रख्यात छन् । उनका देश तथा विदेशमा लाखौं फ्यान फलोअर्स छन् । जसले उनका हरेक सांगितिक गतिविधिलाई नजिकबाट नियाँलिरहेका छन् । उनका दर्जनौं हिट गीत छन् । उनको स्केचेज अफ दार्जिलिङ हिट गीत हो ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार ११:४५   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।