काठमाडौं । नेकपा माओवादी केन्द्रको चौथो दिनको बैठक प्रज्ञा भवन कमलादीमा सुरु भएको छ । बुधबारदेखि सुरु भएको बैठकमा प्रधनमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीति र संगठनात्मक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राख्ने क्रम जारी छ ।
झन्डै दुई सय सदस्यले बैठकमा धारणा राख्न बाँकी रहेकाले बोल्ने क्रम आइतबारसम्म लम्बिन सक्ने कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । सदस्यहरुले बोल्ने क्रम सकिएको खण्डमा अध्यक्ष प्रचण्डले आइतबार जवाफ दिने छन् ।




















प्रतिक्रिया