Logo

राजनीति

गौर हत्याकाण्डका पीडितले भटे प्रधानमन्त्री प्रचण्डलाई



काठमाडौं । गौर हत्याकाण्डका पीडितले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । गौर हत्याकाण्डका पीडित संघर्ष समितिको टोली न्यायको माग गर्दै शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेको हो ।

भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले छिट्टै सचिवको नेतृत्वमा वार्ता टोली बनाउने र ठोस सहमति गर्ने बताएको संघर्ष समितिको संयोजक रुपसागर देवीले जानकारी दिइन् । गौर हत्याकाण्डका पीडितहरू लामो समयदेखि न्यायका लागि संघर्ष गरिरहेका छन् ।

उनीहरूले धर्ना र प्रदर्शनलगायतका आन्दोलनका कार्यक्रम गररहेका छन् ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार १३:४६   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।