काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रुस–युक्रेन युद्धमा नेपाल तटस्थ बस्नुपर्ने बताएका छन् । उनले नेपाल सरकारले विगतमा युक्रेनमाथि रुसी आक्रमणको विरोध गरेकामा आलोचना गरे ।
शनिबार पार्टीको विदेश विभागले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘भारतलाई त्यो न्यूट्रालिटी कायम राख्नुपर्ने तर हामीले साँढे जुधेका ठाउँमा बाच्छो बनेर जान हुँदैन थियो । न्यूट्रालिटी हाम्रो शक्ति हो । हामी शान्तिका पक्षधर हो ।’
अध्यक्ष ओलीले परराष्ट्र मामिलामा कम्तीमा देशभित्रका शक्ति एकजुट हुनुपर्ने बताए । तर प्रधानमन्त्री र सरकारले बाह्य देशसँग के सहमति गर्छन् भन्ने नै थाहा हुन छाडेको उनले टिप्पणी गरे ।
‘अस्ति प्रमको भारत भ्रमणमा ईपीजीबारे कुरा नै उठाएनन् । नेपाली भूमिलाई विवादित बनाउन खोजिएको छ । कुरा नै उठाइएन । सत्ता स्वार्थ केन्द्रित भयो राष्ट्रिय हित केन्द्रित भएन । यसमा राष्ट्रिय सहमति हुनुपर्थ्यो । तर त्यो राष्ट्रिय हितमा हुनुपर्छ । अन्यथा नेकपा एमालेलाई मान्य हुँदैन’, उनले भने ।
अध्यक्ष ओलीले नेपालको छिमेकी भारत र चीनमात्र भएकाले सीमा समस्या पनि यी दुई देशसँग मात्र हुन सक्ने बताए । यदि सीमा समस्या भएमा आपसी सहकार्यमा टुंग्याउनुपर्नेमा जोड दिए ।




















प्रतिक्रिया