Logo

अर्थ

बैंकहरुमा सबैभन्दा धेरै नाफा गर्न सफल बन्यो नबिल , वितरणयोग्य मुनाफा झण्डै चार अर्ब



काठमाडौँ । नबिल बैंकले समग्र बाणिज्य बैंकहरुमा सबैभन्दा धेरै नाफा गर्न सफल भएको छ । सो बैंकले आइतबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गएको आर्थिक बर्षमा सात अर्ब ५२ करोड ७१ लाख रुपियाँ खुद नाफा गर्न सफल भएको छ ।

बैंकले अघिल्लो आर्थिक बर्षको तुलनामा गएको आवमा ७६.८६ प्रतिशत बढी नाफा गर्न सफल भएको हो । अघिल्लो आर्थिक वर्षमा नबिलले चार अर्ब २५ करोड ६० लाख रुपियाँ खुद नाफा कमाएको थियो । नबिलले खुद ब्याज आम्दानी निकै बढाउन सफल भएको छ ।

नबिल बैंकको वितरणयोग्य मुनाफा तीन अर्ब ९६ करोड १० लाख रुपियाँ रहेको छ । यसअनुसार उसको लाभांश वितरण क्षमता १४.६४ प्रतिशत रहेको देखिन्छ । गएको आवमा बैंकको खुद ब्याज आम्दानी १०१.६३ प्रतिशत, खुद फि तथा कमिशन आम्दानी ८३.६२ प्रतिशत वृद्धि भएको छ । त्यस्तै, कुल सञ्चालन आम्दानी ८८.९६ प्रतिशत र सञ्चालन मुनाफा ७५.३७ प्रतिशत वृद्धि भएको छ ।

बैंकको नाफासँगै प्रतिशेयर आम्दानी ९ रुपियाँ १८ पैसा बढेर २७ रुपियाँ ८२ पैसा पुगेको छ । गत असारसम्मको नबिलको मूल्य आम्दानी अनुपात २१.५४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१४ रुपियाँ ६९ पैसा रहेको छ ।

गएको असारसम्म निक्षेप २१.६५ प्रतिशत र कर्जा १०.८२ प्रतिशत बढाउन सफल नबिलको चुक्ता पुँजी २७ अर्ब पाँच कराड करोड ६९ लाख रुपियाँ र जगेडा कोष ३१ अर्ब तीन करोड १८ लाख रुपियाँ छ ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आईतवार १२:४०   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।