Logo

अर्थ

सेयर बजारमा ३८.३७ अंककाे गिरावट



काठमाडाैं । साताको पहिलाे दिन आइतबार सेयर बजार दोहोरो अंकले गिरावट आएको छ । बजार आज नेप्से परिसूचक ३८.३७ अंकले घटेर २०५१.४७ को विन्दुमा झरेको छ ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ७.५२ अंकले घटेर ३९२.०२ को विन्दुमा ओर्लेको छ । कारोबार रकम करिब २ अर्ब ६८ करोड रुपैयाँको हाराहारीमा भएको छ ।

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। आज नेप्सेमा सूचीकृतमध्ये २६५ कम्पनीकाे ८० लाख ७ हजार ३६१ कित्ता सेयर कारोबार रकम करिब २ अर्ब ६८ करोड ७१ लाख ४८ हजार २३४ रुपैयाँमा किनबेच भएकाे छ ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आईतवार १५:४०   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।