Logo

अर्थ

ग्लोबल आइएमई बैंक खुद नाफामा ४६.२६ प्रतिशतले वृद्धि, वितरणयोग्य मुनाफा मात्रै करिब ३ अर्ब



काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ७ अर्ब २५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.२६ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ अर्ब ९५ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ९५ करोड ६९ लाख रहेको छ। विवरण अनुसार बैंकको प्रतिशेयर ८ रुपैयाँ २७ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ। अर्थात बैंकको लाभांश क्षमता ८.२७ प्रतिशत रहेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप ५३.९३ प्रतिशत र कर्जा लगानी ३८.०९ प्रतिशतले बढेको छ। बैंकको खराब कर्जा बढेर ३.१२ प्रतिशतमा पुगेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आईतवार १७:२९   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।