काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ ।
आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै छापावाला सुन प्रतितोला १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी छापावाला सुन १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको छ ।
हिजो सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने स्थिर रहँदै तोलाको १ हजार ४२५ रुपैयाँ कायम भएको छ । हिजो पनि चाँदीको मूल्य स्थिर रहँदै तोलाकै १ हजार ४२५ रुपैयाँमै किनबेच भएको थियो ।




















प्रतिक्रिया