Logo

राजनीति

देशभर महिला संघको समानान्तर समिति बनाउने तयारीमा जुट्न शेखरको निर्देशन



काठमाडौं । नेपाली कांग्रेस पार्टीको भातृ संगठन नेपाल महिला संघ दुई समूहबीच विवाद बढेको छ । महिला संघकी अध्यक्ष उषा राउतले एकलौटी ढंगले विधान विपरीत केही जिल्ला सभापति हटाएपछि शेखर समूह आक्रोशित भएको हो ।

सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी शेखर कोइराला पक्षधर महिला नेताहरूले उषा राउतको सो निर्णय फिर्ता नभए देशभर समानान्तर संगठन चलाउने चेतावनी दिएका छन् ।

१२ जिल्ला अध्यक्ष हटाउने निर्णय गर्ने सभापति राउतलाई बर्खास्त गर्न उनीहरूले सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।

पार्टीभित्र अराजकता बढेको उनको निष्कर्ष छ । ‘पार्टीभित्र अराजकता बढ्यो, यसरी विधानविपरीत जाने छुट कसैलाई छैन,’ नेता कोइरालाले महिला संघका नेतृहरूलाई भने, ‘उस्तै परे केन्द्रदेखि जिल्ला तहसम्म महिला संघको समानान्तर समिति चलाउनेसम्मको तयारीमा जुट्नू ।’

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार ११:४९   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।