Logo

राजनीति

शीर्ष नेताको बैठक बिनानिष्कर्ष टुंगियो, संसद बैठक ४ बजेलाई सर्‍यो



काठमाडौं । सदनको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेसहित तीन दलका शीर्ष नेताको बैठक सकिएको छ ।

सुन तस्करी प्रकरणको निष्पक्ष छानबिन माग गर्दै प्रमुख प्रतिपक्षी एमालेले गरिररहेको संसद् अवरोध खुलाउनेबारे शीर्ष नेताहरूको बैठक बिना निष्कर्ष टुंगिएको हो ।

शीर्ष नेताहरूको छलफल साढे ३ बजे फेरि सुरु हुने कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । उनका अनुसार साढे ३ बजे बानेश्वरमा बस्ने बैठकमा सदन खुलाउन र संसदीय समितिको सभापति चयनबारे समेत निर्णयमा पुग्ने दलहरुको तयारी छ ।

आज दिउँसो १ बजेका लागि तय भएको प्रतिनिधिसभा बैठक दलहरुबीचको छलफल नसकिएकाले अपराह्न चार बजेलाई सूचना टाँसेर सारिएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार १५:१३   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।