Logo

अर्थ

राष्ट्र बैंकको कारबाहीमा परे तीन वाणिज्य बैंक, नसियत सहित जरिवाना



काठमाडौं। नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा तीन वटा वाणिज्य बैंकलाई कारबाही गरेको  छ । केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकहरू हिमालयन बैंक, कुमारी बैंक र प्राइम कमर्सियल बैंकलाई कारबाही गरेको हो ।

केन्द्रीय बैंकले दिएको निर्देशन उल्लंघन गरी व्यवसाय गर्दा तीन बैंक कारबाहीमा परेका हुन्।राष्ट्र बैंकको वाणिज्य बैंक सुपरीवेक्षण विभागले बैंकहरू र बैंकका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सिइओ) लाई कारबाहीको विवरण प्रकाशित गर्दै ती बैंकले गरेको गल्ती र त्यसवापत पाएको नसिहतसहित करोडौं रुपैयाँ जरिवानाको विवरण सार्वजनिक गरेको छ।

के कारणले परे कारबाहीमा ?

राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमासमा कर्जा निक्षेप अनुपात नपुर्याएको र पर्याप्त कर्जा नोक्सानी व्यवस्था नगरेको भन्दै हिमालयन, कुमारी र प्राइम बैंक राष्ट्र बैंकको कारवाहीमा परेका हुन् ।

केन्द्रीय बैंकले कुमारी र हिमालयन बैंकलाई कर्जा निक्षेप अनुपात कायम नगरेको भन्दै क्रमश: ५९ लाख रुपैयाँ १ करोड र ३९ लाख रुपैयाँ जरीवाना गराएको छ ।

यता, पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको र जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको भन्दै प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।

। बैंकले गत आवको चौथो त्रैमासमा ‘क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५’ अनुसार जोखिम भार सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको थियो। साथै, बैंकले प्रिमियम दर बढाएर ब्याज असुल गरेको थियो।

राष्ट्र बैंकले गल्तीको सजायमा राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ बमोजिम प्राइम बैंकका सिइओ सञ्जिव मानन्धरलाई सचेत गराएको उल्लेख गरेको छ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार १६:००   :  बजे

228
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।