काठमाडाैं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आज साउन २३ गतेबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ ।
कम्पनीले जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १ करोड २० लाख कित्ता आईपीओ जारी गर्न पाउने अनुमति पाएको थियो । कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने १२ लाख कित्ता सेयर कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री गरिसकेको छ ।
यसैगरी कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ६ लाख कित्ता सामूहिक लगानी कोष र ५ प्रतिशतले हुन आउने ६ लाख कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ९६ लाख कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउने छन् ।
कम्पनीले प्रतिकित्ता २५७ रुपैयाँमा आईपीओ बिक्री खुला गर्नेछ । जसमा अंकित मूल्य १०० रुपैयाँमा १५७ रुपैयाँ प्रिमियम जोडिएको छ ।
आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार ४०० कित्तासम्म खरिद आवेदन दिन पाउनेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट आवेदन दिन सक्नेछन्।
आईपीओको निष्कासन बन्द छिटोमा साउन २६ गते र ढिलोमा भदौ ५ गते बैंकिङ समयपछि हुनेछ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ ।




















प्रतिक्रिया