Logo

अर्थ

अहिलेको हाम्राे चुनौती देशमै रोजगारी सिर्जना गरी युवालाई विदेश जान रोक्नु हाे : अर्थमन्त्री महत



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या अस्थायी भएकाले डराउनुपर्ने अवस्था नरहेको बताएका छन् । शनिबार २४औँ अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा ललितपुरमा आयोजित  कार्यक्रममा उनले देश अहिले विस्तारै विकासको बाटोमा अघि उल्लेख बताए ।

नेपाल विदेशभन्दा सबै किसिमले व्यापार, व्यवसायका लागि राम्रो रहेको मन्त्री महतकाे भनाइ छ । उनले नेपालमा आईटी क्षेत्रले उल्लेखनीय काम गरिरहेको बताए । यस क्षेत्रमा लगानी बढाउन उनले आग्रह गरे ।

“अहिले नेपाल पनि विस्तारै विकासको बाटोमा अघि बढेको छ । अहिले कोरोनाभाइरसलगायत विविध कारणले अर्थतन्त्रमा केही समस्या देखिएका छन् । तर, यो अस्थायी हो र नेपाल अब अघि बढ्छ । नेपालमा व्यापार, व्यवसाय गर्न ठूलो अवसर छ, विदेश गएकाहरूले पनि नेपालमा अवसर छ भनेर फर्किएर आएर यहाँ प्रविधि प्रयोग गरी राम्रो गरिरहका छन्,” उनले भने ।

मन्त्री महतले नेपालको अहिलेको चुनौती भनेको देशभित्रै रोजगारी सिर्जना गरी युवालाई विदेश जानबाट रोक्नु रहेको बताए ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार १६:४४   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।