Logo

मनोरञ्जन

अस्मिता र किरणले ल्याए ‘मेरो कथाको’ (भिडियो)



काठमाडौं । अभिनेता आकाश श्रेष्ठ र मोडल उषा उप्रेती बीचको अन्स्क्रिन प्रेम र रोमान्सले भरिपुर्ण ‘मेरो कथाको’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

यस गीतमा ‘द भ्वाइस अफ नेपाल सिजन–३ विजेता गायक किरण गजमेर र गायिका अस्मिता अधिकारीको सुमधुर स्वर सुन्न सकिन्छ ।

प्रेमिल शैलीको यस गीतमा शब्द अमेरिकाको ओहायो राज्यमा बसोबास गर्दै आएका गीतकार गोपाल लोहार रहेको छ । गीतमा संगीत र संगीत संयोजन वरिष्ठ संगीतकार रंजित गजमेरको रहेको छ । सुदिप बरालले छायाँकन गरेको यस भिडियोलाई बन्दे प्रसादले सम्पादन गरेका हुन् ।

भिमा लोहार निर्मात्री रहेको यस गीतको भिडियोलाई कविराज गहतराजको कोरियोग्राफी र निर्देशनमा तयार पारिएको हो । गोलो प्रडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आईतवार १०:५२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।